१७ आश्विन २०७५, बुधबार

असोज १७ सामान्य नागरिका लागि एउटा महिनाको एक दिन हो । जो हरेक बर्ष आउँछ, जान्छ । तर, पार्टीका हिसाबले नेकपाका लागि एकताको जग हाल्न मुर्हत निकालेको दिन हो । र, यहि दिनमा काठमाडौंको सभागृहबाट बडो उत्साहका साथ तत्कालिन एमाले र माओवादी केन्द्रले चुनावी तालमेल हुँदै पार्टी एकताको घोषणा गरे । अन्ततः उनीहरुलाई त्यो बिन्दूसम्य पु¥यायो पनि ।

तर, एक बर्ष बित्दा उनीहरुले पूर्णरुपमा एकाकार भएको सन्देश दिन भने सकेका छैनन् ।२०७४ असोज १७ को दृश्य हो यो । र, यो तामझासहितको उद्घोष तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनको थियो । कुरा यतिमा मात्र सीमित भएन पार्टी नै एकता गर्ने भनेपछि उत्साह र आश्चर्य एकै पटक प्रकट भयो । विभिन्न शंकालाई चिर्दै दुई पार्टी अन्ततः २०७५ जेठ ३ मा एक पनि भए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV