१७ आश्विन २०७५, बुधबार

काठमाडौं । सरकारले विपन्न नागरिकका लागि ८ वटा रोगमा औषधि/उपचारका लागि आर्थिक सहायता उपलव्ध गराउँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मृगौला डायलसिस तथा प्रत्यारोपण, मृगौला प्रत्यारोपण पछिको उपचार, मुटुरोग, क्यान्सर, टाउको तथा स्पाइनलको चोटपटक, अल्जाइमर, पार्किन्सस र सिकलसेल एनिमियामा आर्थिक सहायता उपलव्ध हुन्छ ।

मृगौला, मुटु, क्यान्सर, टाउको तथा स्पाइनल चोटपटक, अल्जाइमर/पार्किन्सस, सिकलसेल एनिमिया रोगका लागि बढीमा एक लाख रुपैयाँसम्म उपचार सहायता प्राप्त गर्न सकिन्छ । यो सहयोग रकम नेपालमा उपचार सम्भव नभएर विदेश जाँदा समेत पाउन सकिन्छ ।

उपचार सहायताका लागि सबैभन्दा पहिला रोग पहिचान भएपछि चिकित्सकको पूर्जी सहित गाउँपालिका वा नगरपालिकाले विपन्न भएको प्रमाणित गर्नुपर्ने हुन्छ ।

LIVE TV