१७ आश्विन २०७५, बुधबार

कास्की । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीकी १० वर्षीया श्रेया सुनारको दाहासंस्कार गरिएको छ ।

परिवारले बलात्कारपछि हत्या गरिएको ९ दिनपछि शव बुझेर आज पोखरा रामघाटमा दाहासंस्कार गरेका हुन् ।

श्रेयाको असोज ८ गते साँझ बलात्कारपछि हत्या गरिएको थियो । हत्याको आरोपमा छिमेकी कुसुम पौडेल ९ गते नै पक्राउ परिसकेका छन् ।

पौडेलविरुद्ध जबरजस्ती करणी र कर्तब्य ज्यान मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरि रहेको छ ।

पौडेलले प्रहरी र सरकारी वकिल समक्ष अभियोग स्वीकारि सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV