१७ आश्विन २०७५, बुधबार

काठमाडौं । भक्तपुर सुर्यविनायक स्थित पान्डुवजार चोकमा बुधबार साँझ ट्रिपरले मोटरसाईकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  काभ्रे नमोबुद्ध डराउने पोखरीका २५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेका छन्  ।

ट्रिपरले सूर्यविनायकको सडकमा बा ८८ प ८५२ नम्बरको मोटरसाइकलमा सवार उनलाई ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो भने, एक जना गम्भिर घाईते भएका छन् । ठक्कर दिने टिपरलेलाई स्थानीयले पुर्णरुपमा जलाई दिएपछि स्थिति तनावग्रस्त बनेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार ठक्कर दिने बा ४ ख ३६५० नम्बरको टिपर स्थानियले जलाएका हुन् । स्थितिलाई नियन्त्रणमा लिन प्ररीले लाठीचार्ज र अश्रुग्यास समेत प्रहार गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV