१७ आश्विन २०७५, बुधबार

मोरङ । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले संविधानले दिएका अधिकार प्रयोगमा त्रुटी देखिए सच्याउनुपर्ने बताउनुभएको छ ।

प्रदेश समन्वय परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले तीन तहको सरकारको अवधारणाबाट जनता थप लाभान्वित हुनुपर्नेमा ध्यान पु¥याउन आग्रह गर्नुभयो । उहाँले स्थानीय तहले जथाभावी कर लागु गर्दा संघीय संरचनामै प्रश्न उठेको तर्फ सचेत रहन समेत आग्रह गर्नुभयो ।

परिषद बैठकमा एक नम्बर प्रदेशका मन्त्री, १ सय ३७ स्थानीय तहका प्रमुख उपप्रमुख तथा १४ जिल्ला समन्वय समितिका सभापति र उपसभापति सहभागी रहेका थिए । परिषदले बैठक सम्बन्धी कार्यविधि, परिषदको अधिकार क्षेत्र र स्थानीय तहमा देखिएको विवाद बारे छलफल गर्ने बताइएको छ ।

LIVE TV