१७ आश्विन २०७५, बुधबार

कैलाली । निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिएको छ ।

कञ्चनपुरबाट कैलालीको धनगढी पुगेका अधिकारकर्मीले आज प्रर्दशनसहित छानविन प्रतिवेदन सार्वजनिक, घटनाको थप स्वतन्त्र अनुसन्धान र दोषी पहिचानको माग गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन–पत्रसमेत बुझाएका हुन् ।

ज्ञापन–पत्र बुझ्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारले छानविनमा निरन्तर समन्वय गरिरहेको भन्दै हत्यारा जतिसुकै बलियो भएपनि उम्कन नसक्ने बताउनु भयो ।

देशभरबाट हत्यारा पत्ता लगाएर कारबाहीको माग भएपनि सरकारले नसुनेको अधिकारकर्मीको भनाइ थियो ।

LIVE TV