१७ आश्विन २०७५, बुधबार

काठमाडौं । भक्तपुरमा बुधबार साँझ टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाईते भएका छन । सूर्यविनायकको सडकमा बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर टिपरले ठक्कर दिएपछि स्थिति तनावग्रस्त बनेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार ठक्कर दिने बा ४ ख ३६५० नम्बरको टिपर स्थानियले जलाएका छन् । घाइतेहरुको नाम भने खुलेको छैन । स्थितिलाई नियन्त्रणमा लिन प्ररीले लाठीचार्ज र अश्रुग्यास समेत प्रहार गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV