१७ आश्विन २०७५, बुधबार

सप्तरी । सप्तरीको बिभिन्न दुई स्थानमा बुधबार दुई ओटा बलात्कारको घटना सार्वजानिक भएको छ ।

सप्तहरी प्रहरी कार्यलयको अनुसार खड्ग नगरपालिकाकी ७० वर्षीया बृद्धा र डाक्नेश्वरी नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कारको आरोप लागेकाहरु फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं डीएसपी भावेश रिमालले जानकारी दिएका छन् ।

बृद्धा र बालिका दुबैजना मंगलबार साँझ बलात्कृत भएको र बुधबार प्रहरीलाई जानकारी आएको डीएसपी रिमालले बताएका छन् । ‘जानकारी पाएपछि पीडितहरुको मेडिकल जाँच गराइएको र दोषीहरुको खोजीमा जुटेका छौं,’ रिमालले भने । परिवारका सदस्यहरु जितिया पर्वमा व्यस्त भएका बेला स्थानीय १८ वर्षीय किशोरबाट बलात्कृत भएको प्रहरीको भनाइ छ ।

७० वर्षीया बृद्धालाई स्थानीय ४० वर्षीय युवकले डर, त्रास देखाइ बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । तर आरोपितहरुको भने नाम खुलाईएको छैन् । यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LIVE TV