१७ आश्विन २०७५, बुधबार

काठमाडौं । बुधबार विभिन्न कम्पनीले आइपिओ निस्कासन गर्ने हकप्रद विक्री गर्ने घोषणा गरेका छन् । महुली लघुवित्त र माउन्टेन इनर्जीले हकप्रद र आइपिओ विक्री गर्ने तयारी गरेका छन् । त्यस्तै बैंक आफ काठमाडौंको गत वर्षको बोनस शेयर एक्सचेन्जमा सुचिकृत भएको छ ।

बैंक अफ काठमाडौं/मेरो माइक्रोफाइनान्स

बुधबार नेपाल स्टक एक्सचेन्जमा बैंक अफ काठमाडौंको बोनस शेयर सुचिकृत भएको छ । बैंकले गत वर्ष जारि गरेको ८२ लाख ७५ हजार १ सय ३३ कित्ता बोनस शेयर सूचिकृत गराएको हो । त्यस्तै मेरो माइक्रो फाइनान्सको १५ प्रतिशत बोनस शेयर पछिको शेयर मूल्य समायोजन भएको छ । शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य १ हजार १ सय ४१ रुपैयाँ ७४ पैसा कायम भएको छ ।

  • बैंक आफ काठमाडौंको बोनस शेयर सुचिकृत,
  • ८२ लाख ७५ हजार १ सय ३३ कित्ता बोनस शेयर सुचिकृत
  • मेरो माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन
  • ११४१ रुपैयाँ ७४ पैसा कायम

महुली सामुदायिक लघुवित्त

महुली सामुदायिक लघुवित्तले पचास प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । लघुवित्तले शेयर विक्रीका लागि नेपाल धितोपत्र वोर्डबाट अनुमती समेत पाइसकेको छ । लघुवित्तको साधारणसभाबाट पारित भएको निर्णय अनुसार ३ लाख कित्ता हकप्रद विक्री गर्ने छ । छ करोड चुक्ता पूँजी भएको लघुवित्तको हकप्रद विक्री पछि ९ करोड रुपैयाँ चुक्ता पूँजी पुग्ने छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराईज क्यापिटलले गर्ने छ ।

  • महुली सामुदायिक लघुवित्तले हकप्रद विक्री गर्ने
  • ५० प्रतिशत हकप्रद शेयर विक्री गर्ने
  • नेपाल धितोपत्र वोर्डबाट समेत स्वीकृत
  • ३ लाख कित्ता शेयर निश्कासन हुने
  • ९ कारोड रुपैयाँ चुक्ता पूँजी पुग्ने

माउन्टेन इनर्जी

माउन्टेन इनर्जीले सर्वसाधारणका लागि ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँको साधारण शेयर आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपिओ विक्रीका लागि नबिल इन्भेष्टमेन्ट क्यापिटल र सीबीआईएल क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले नेपाल धितोपत्र वोर्डबाट आइपिओ निष्काशन गर्ने अनुमति भने पाइसकेको छैन् ।

  • माउन्टेन इनर्जीले सर्वसाधारणलाई शेयर विक्री गर्ने
  • ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँको शेयर विक्री
  • नबिल इन्भेष्टमेन्ट क्यापिटल र सीबीआइएल क्यापिटलल विक्री प्रवन्धक
  • धितोपत्र वोर्डबाट स्वीकृत पाउन भने बाँकी

प्रतिक्रिया दिनुहोस्

LIVE TV