१७ आश्विन २०७५, बुधबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवास नेम्वाङले संविधान कार्यान्वयनको महत्वपूर्ण चरणहरु पुरा भएको बताएक छन् । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले आयोजना गरेको एक कार्यक्रममा यस्तो बताएका हुन् ।

संविधान औचित्य र आवश्यकताको आधारमा संशोधन गर्न सकिने भन्दै यो या त्यो बहानामा संबिधान जारी भएको तिन बर्ष पछाडी पनि बिरोध गरिरहन आवश्यक नरहेको बताए । छिमेकी मुलुक भारतले आफनो संबिधानलाई १ सय २२ पटक संशोधन गरिसकेको भन्दै आवश्यकता अनुसार हाम्रो संबिधान पनि जनताको मागलाई सम्वोधन गर्न संशोधन गर्न सकिने बताए ।

संबिधान जारी गनु गर्नपूर्व राउटेदेखि सर्वोच्च अदालतसम्मको राय लिएकाले अहिलेको संबिधान सवैको साझा दस्तावेज बनिसकेको बताए । जारी भएको तिन बर्षमा संबिधानको भावना अनुरुपका तिन चरणका निर्वाचनहरु पुरा गरेको र तिन बर्षभित्रमा पूरा गर्नुपर्ने मौलिक हक सम्वन्धि १५ वटा ऐन समेत आइसकेकाले संबिधान कार्यान्वयनको महत्वपूर्ण चरण पुरा भएको बताए ।

कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले संविधानको मस्यौदा तयार भएपछि प्रयाप्तमात्रामा सांसदहरुले सहभागी नहुदा कतिपय बुँदाहरु अहिले संबिधान कार्यान्वयनमा दुविधा भएको बताए ।

LIVE TV