१७ आश्विन २०७५, बुधबार

काठमाडौं । सरकारले अबदेखि क्यालेन्डर बनाएर आन्तरिक ऋण उठाउने भएको छ । कुन समयमा कुन क्षेत्रबाट कति आन्तरिक ऋण उठाउने भन्ने योजना क्यालेण्डरमा समेटि ने छ ।

गत वर्ष साउन महिनामै ७३ अर्ब ७८ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले यो वर्ष अहिलेसम्म यस्तो ऋण उठाएको छैन । सरकारले बजेटमा रहेको न्यून बजेट पूर्तिका लागि आन्तरिक ऋण बाट नगद जम्मा गर्ने गर्दछ ।

यस वर्ष राजस्व सरकारी खर्च भन्दा बढी उठेकाले सरकारले अहिले सम्म आन्तरिक ऋण उठाएको छैन। गत वर्ष स्थानीय तहलाई रकम उपलब्ध गराउन परेकाले खर्च व्यवस्थापनका लागि मात्रै पनि आयस्रोतले नधानेपछि आन्तरिक ऋण उठाएको थियो ।

यस वर्षको भदौ मसान्तसम्म सरकारले एक खर्ब २० अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ भने एक खर्ब तीन अर्ब रुपैयाँ खर्च गरेको छ ।

तरपनि सरकारले अब देखि कुन कुन शिर्षकमा आन्तरिक ऋण उठाउने भन्ने विषयमा क्यालेण्डर बनाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV