१७ आश्विन २०७५, बुधबार

ओखलढुंगा । ओखलढुंगा–रामपुर–लप्सेखोलाको करिब २४ किलोमिटर सडक स्तरोन्तीको काम सुरु भएको छ ।

ओखलढुंगाबाट रामपुरसम्मको १६ किलोमिटर सडक कालोपत्रे र रामपुरदेखि लप्सेखोलासम्मको ७ दशमलव २२ किलोमिटर सडक ग्राभेलको काम सुरु भएको छ । सिद्धिचरण नगरपालिका वडा नम्बर ११ बाट सुरु भएको निर्माण कार्य १८ महिनामा सम्पन्न गर्ने सम्झौता गरिएको छ ।

गत असार २७ गते सम्झौता भएको ठेक्काको कूल लागत भ्याट बाहेक २६ करोड ५४ लाख ५१ हजार ४ सय २१ रुपौयाँ रहेको छ । सडकको कूल चौडाई ६ दशमलव २५ मिटर रहने बताइएको छ । सडकको ३ दशमलव ७ मिटरको भागमा कालोपत्रे र बाँकी भागमा डे«न गरिनेछ ।

सडक विस्तारमा घर जग्गा काटिने भएपछि स्थानीयले भने मुआब्जाको व्यवस्था गर्न माग गरेका छन् । यो सडक सदरमुकासँग जोडिने कालोपत्रेको काम सुरु भएको दोस्रो सडक हो । यसअघि नै एसीयाली बिकाश बैंकको सहयोगमा ओखलढुंगा रुम्जाटार सडक कालोपत्रेको काम अन्तिमचरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV