१७ आश्विन २०७५, बुधबार

जनकपुर । धनुषामा ७० बर्षिय बिरामी बुवालाई एक युवकले जङ्गलमा लगेर छोडेछि बृद्धाको मृत्यु भएको छ । जिल्लाको नगराइन नगरपालिकास्थित बेहरा गाउँका युवकले उनको बुवालााइ स्याहारको साटो जङ्गलमा छाडेपछि उनको मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक ७० बर्षिया रामचन्द्र महतोको शव घरबाट करिब ३५ किलोमिटर दुरीमा रहेको बेलाचापीस्थित झाडीमा भेटिएको थियो ।

प्रहरीको अनुसन्धान अनुसार एक छोराले मोटरसाइकलमा राखेर ६ दिन अगाडि नै बुवा रामचन्द्र महतोलाई छाडेका थिए । उनका ५ भाई छोरा रहेका छन् । मृतक महतोको दाहिने हातमा घाउ देखिएको प्रहरी निरीक्षक कुशवाहाले बताए ।

उनको मृत्यु भएपछि फुलगामा चौकीसँग सहकार्य गरेर अनुसन्धान अगाडि बढाइएको जानकारी दिए । ‘बुवालाई झाडीमा फाल्ने छोरो कुन् हो अहिले पत्ता लागेका छैन, अनुसन्धान गरिरहेका छौं’, उनले भने, ‘पहिचान खुल्ने वितिकै नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाउँछौं ।’

प्रहरीका अनुसार भोक र पानीले उनी दिनरात छट्पटाउने गर्थे । खाना खान नपाएर उनकोमृत्यु भएको पनि हुन सक्ने अनुमान गरिएको छ । स्थानीयले बताए अनुसार महतो लामो समयदेखि बिरामी थिए । उनका छोराहरुले उपचार गराउनुको साटो आफ्नो बुवाको ज्यान लिएर छोराले अपराध गरेकाले कडा कारबाही गर्न स्थानीयले माग छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV