१७ आश्विन २०७५, बुधबार

काठमाडौँ । पाल्पा जिल्लाको संस्कृती र संस्कारको रुपमा रहेको ख्याली चुड्का भजनलाई आधार बनाएर गायक नवीन पौडेलले नयाँ रोइला भाका बजारमा ल्याएका छन् ।

लुम्बिनी–गण्डकी क्षेत्रमा अत्याधिक प्रचलनमा रहेका भाकाहरुलाई संकलन र सिर्जना गर्दै आएका गायक पौडेलले पछिल्लो पटक ‘मुसु मुसु हास्यौँ’ बोलको गीत बजारमा ल्याएका छन् । यो गीत पौडेलको पछिल्लो ‘डान्सिङ नम्बर’ हो।

सामाजिक सञ्जाल युट्युबमा निक्कै मन पराइएको यो गीतमा नवीन पौडेल, धर्मराज पोखरेल, अनि देबि घर्तिको स्वर सुन्न सकिन्छ। भने गीतको लय सिर्जना स्वयम् नबिनले गरेका हुन् । भने शब्द श्रीजना बाबुराम पन्थी र धर्मराज पोखरेलले गरेका हुन् ।

मन्जुश्री फिल्मस्ले निर्माण गरेको भिडियोको निर्देशन कुमार केसिले गरेका हुन। गीतमा सुरेन्द्र र आरुसी मगरको अभिनय रहेको छ ।

गाउँका ‘टीपीकल’ भाकालाई गीतमा उतार्नमा गायक नवीन पौडेल अब्बल मानिन्छन। उनका सिर्जनाहरुले समाजमा चेतना जगाउनेमा गायक पौडेल विश्वस्थ छन् ।

यसभन्दा अघि ‘फुलेको तोरीलाइ बैँस आकी छोरीलार्इ जोगाउनै गाह्रो’, ‘के सम्झनु छ र जान्न मत त्यो घर’ , ‘हरेक जातजाति छौँ नानाथरी’, ‘यस्तै हुन्छ भन्नेभा’ जस्ता दर्जनौँ लोकप्रिय गीतका सर्जक नविन पौडेलले छिट्टै देउडा गीत बजारमा ल्याउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV