१७ आश्विन २०७५, बुधबार

काठमाडौँ । निरुता सिंह नेपाली चलचित्र क्षेत्रमा परिचित नाम हो । कुनै समय नेपाली चलचित्रमा उनको चर्को डिमान्ड थियो । उनको अभिनय र रुपको लारिफ नगर्नेहरु सायद कमै थिए होलान । केही समय नेपाली चलचित्र क्षेत्रबाट टाढिएकी निरुता ‘नाईं नभन्नू ल ५’ बाट अभिनयमा पुनःकमब्याक गरिन । पछिल्लो समय उनलाई लिएर काम गर्न धेरै मेर्कसहरु लालायित छन् ।

उनै निरुता चलचित्र ‘दालभात तरकारी’ र ‘लभस्टेशन’मा अव जोडिने हल्ला सञ्चार माध्यममा खुव छाएका थिए । चलचित्र ’दर्पण छाँया’ जोडी अर्थात् निरुता र उत्तम प्रधानको जोडी लभ स्टेशन’मा अभिनय रहने खबर थियो । तर यतिबेला चलचित्र ‘लभ स्टेशन’बाट निरुता बाहिरिएकी छिन् । हाल चलचित्रको दार्जि्लिङमा छायांकन भइरहेको छ ।

पिता विरामी भएको कारण देखाउदै यो समय चलचित्र ‘लभ स्टेशन’ गर्न नसकेको बताएकी छिन् । यो समय उनलाई चरित्र अभिनेत्रीमा निकै रुचाइएको छ तर अव उनी महसंचारको फिल्म ’दाल भात तरकारी’लाई के गर्छिन ? यो भने सबैको चासो र खुल्दुलीको विषय बनिरहेको छ ।

LIVE TV