१७ आश्विन २०७५, बुधबार

एजेन्सी, १७ असोज । प्रान्सका एक कुख्यात ग्याङ्गस्टार हेलिकप्टरमा बसेर जेलबाट फरार भएको तीन महिनापछि पुनः पक्राउ गरिएको छ । ती ग्याङ्गस्टारलाई उत्तरी फ्रान्सबाट समातिएको हो । यसका साथै भाषाका अनुसार, फ्रान्सको कुख्यात डाँका रेडोइन फैडको भाई लगाएत अन्य तीन जनालाई समेत पेरिसको उत्तरी प्रान्तबाट रातको समयमा पक्राउ गरिएको छ ।

रेडोइन फैड

कुख्यात ग्याङ्गस्टार फैड गत जुलाईको एक तारिखका दिन जेलको ढोका फोडेर हेलिकप्टरबाट भागेका थिए । फैडका दुई साथीहरुले उनलाई जेलको ढोका फोडेर बाहिर निकाल्न सहयोग गरेक थिए । यसरी आफ्ना दुई साथीहरुको सहयोगमा फैड जेलबाट बाहिर निस्केर हेलिकप्टरबाट फरार भएका थिए ।

कयौं घटनाहरुको आरोपमा फैडलाई पेरिसको करिब ५० किलोमीटर दक्षिणपूर्व स्थित रियु जेलमा कैद गरिएको थियो । फैडका दुई साथीहरुले आफुले आफुलाई स्कुलको विद्यार्थी रहेको भन्दै हेलिकप्टरमा बसे, त्यसपश्चात बन्दुक देखाएर हेलिकप्टर इन्स्ट्रक्टरलाई सो हेलिकप्टर जेल जानका लागि बाध्य बनाएका थिए ।

डराएका हेलिकप्टर इन्स्ट्रक्टरले सो हेलिकप्टर जेलको छतमा बसालेका थिए । ग्याङ्गस्टार फैडले २०१०मा चोरीको आरोपमा २५ वर्षको जेल सजाय भुक्तान गरिरहेका थिए । सो घटनामा फैडले एक प्रहरीको हत्यासमेत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV