१७ आश्विन २०७५, बुधबार
  • भगिश्वर लिम्बु

तेह्रथुम ।  जिल्ला अस्पताल तेह्रथुममा सुत्केरी गराउन आएकी महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।बलात्कारको प्रयास गरेको आरोपमा मोरङ जिल्ला कानेपोखरी गाउँपालिका वडा नम्बर ५ बयरबन बस्ने २५ वर्षीय दिपेश कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

अस्पतालमा उपचाररत् पीडित सुत्केरी महिलालाई कार्कीले शनिबार राती जिल्ला अस्पतालको शौचालयमा बलात्कारको प्रयास गरेको आरोप छ । पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेपछि कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । कार्कीलाई जबरजस्ती करणी उद्योेगमा मुद्धा दर्ता गरि कारवाहीको प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV