१७ आश्विन २०७५, बुधबार
  • ज्योती पन्थी,

बर्दिया। प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेस बर्दिया जिल्ला सभापति सञ्जय कुमार गौतमले खाता जैबिकमार्ग क्षेत्रमा स्थलगत अनुगमन गरेका छन्।

बर्दियाको मधुवन नगरपालिका पुगेका नेता गौतमले खाता जैबिक मार्गको स्थलगत अनुगमन गरेका हुन् । पूर्व सिँचाईमन्त्री समेत रहेका गौतमले मधुबन नगरपालिका वडा नम्बर ४ देखि धनौरा, सिमसार क्षेत्र, भग्रैया ताल, मझेरा टापु, पत्थरबोझी गाउँ, डल्ला हुँदै पर्यटकीय स्थल ठाकुरद्धारासम्म जंगली जनावरको आवतजावत गर्ने ठाउँमा झण्डै ५ घण्टा स्थलगत अनुगमन गरेका छन्।

अुनुगमनमा निस्किएका गौतमले आफू सधैँभरी संरक्षणका क्षेत्रमा सक्रिय भएर लाग्ने प्रतिबद्धतासमेत जनाए। यस्तै, बन्यजन्तु पीडित बस्तीहरुमा पुगेर उनले समस्याहरु संग लड्दै संरक्षणमा सक्रिय हुने स्थानियलाई धन्यवाद दिँदै, अझै संरक्षण अभियानका कार्यक्रमहरुमा निरन्तर लाग्न आग्रह समेत गरे।

खाता जैबिक मार्ग निर्माण भएको १८ वर्षसम्म पनि कुनै राजनितिज्ञहरुको ध्यान त्यसतर्फ जान सकेको थिएन। पहिलोपटक गौतम स्थलगत अनुगमनका लागि गएपछि त्यसक्षेत्रका स्थानीयवासीसमेत खुसी भएका छन्।

यस्तै, बाघ अनुगमनका क्रममा राष्ट्रिय वन अन्तर्गत ५० वटा ग्रीडमा गतवर्ष ११ वटा बाघ परेकोमा यस वर्ष बढेर २३ पुगेकोमा गौतमले खुसी व्यक्त गरेका छन्।

LIVE TV