१७ आश्विन २०७५, बुधबार

काठमाडौं । हरेक मानिसले आफ्नो जन्मदिनलाई विशेष दिनका रुपमा लिने गर्छन् । परिवार, साथिभाइसँग रमाइलो गरि जन्मदिन मनाउँने पनि गरिन्छ । तर, भुटानमा भने मानिस जन्मदिन नै मनाउँदैनन् ।

जन्मदिनको शुभकामना– यो शब्द सुन्न मानिस हरेक वर्ष आफू जन्मिएको दिन पर्खेर बसेका हुन्छन् । जन्मदिनमा दिइने शुभेच्छा, शुभकामना र आर्शीवादका लागि विश्वभर मानिस लालायित हुन्छन् । तर, भुटान एउटा यस्तो देश हो, जहाँ जन्मदिनको शुभकामनाको कुनै अर्थ हुँदैन । किनकी, भूटानी नागरिक आफ्नो जन्मदिन कहिले मनाउँदैनन् । उनीहरुलाई आफू जन्मिएको मिति पनि थाहा हुँदैन ।

उनीहरु आफू कति वर्ष बाँचे भन्दा पनि खुसीसाथ बाँच्नुलाई महत्वपूर्ण मान्छन् । तर, प्रशासनिक काममा मिति अनिवार्य हुनेभएकाले भुटानमा धेरै जनाको जन्मदिन जनवरी १ हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV