१७ आश्विन २०७५, बुधबार
  • भगिश्वर लिम्बु

भुस्याहा कुकुरको विगविगी बढ्न थालेको भन्दै तेह्रथुमको म्याङलुङ नगरपालिकाले घरपालुवा तथा छाडा कुकुरको स्थायी बन्ध्याकरण गरेको छ ।

छाडा कुकुरको संख्या घटाउनका लागि नगरपालिकाले स्थायी बन्ध्याकरण सुरु गरेको हो । पाँच वर्षमा एउटा भाले र एउटा पोथी कुकुरले ५ हजार ७ सय बच्चा उत्पादन गर्न सक्छन् । त्यसैले, जिल्लामै पहिलो पटक सामुदायिक तथा छाडा कुकर नियन्त्रणका लागि स्थायी बन्ध्याकरण गरिएको गरिएको म्याङलुङ नगरपालिका पशुसेवा शाखाका पशुविकास अधिकृत लोकनाथ ढुङ्गानाले बताउनुभयो ।

सामुदायिक तथा छाडा कुकुरलाई नियन्त्रण गर्नका लागि पछिल्लो समय स्थायी बन्ध्याकरण प्रभाबकारी देखिएको छ । शिविरमा नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर काभ्रेका पशु चिकित्सक डाक्टरहरुको नेतृत्वमा आएको टोलीले १ सय ४९ छाडा कुकरलाई बन्ध्याकरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV