१७ आश्विन २०७५, बुधबार

काठमाडौं, १७ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार निजी हवाई सेवाप्रदायक सौर्य एयरलाइन्सले आज (बुधबार) बेलुकासम्म सबै बक्यौता चुक्ता गरेन भने भोलि (बिहीबार)देखि उडान तालिकामा अवरोध गरिने भएको छ । विमानस्थल कार्यालयलाई एयरलाइन्स कम्पनीले अझैंपनि एक करोड ६५ लाख रुपैयाँ तिर्न बाँकी छ।

एयरलाइन्स कम्पनीले एक करोड ७० लाख रुपैयाँ तिरे पनि बाँकी रकम चुक्ता गर्न आलटाल गरिरहेको छ। एयरलाइन्सलाई एक साता अगाडि अन्तिम पटक फेरि एक साताकै समय दिइए पनि रकम नतिरेको बताइएको छ ।

विमानस्थल सेवाशुल्क वापतको सबै रकम आज बेलुकासम्म चुक्ता नगरे भोलिबाट प्रत्येक उडानमा एक घण्टा ढिला गरिदिने विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जनाएका छन् । साथै त्यसरी नै रकम चुक्ता नगरे जहाज नै ग्राउण्डेड गरिने क्षेत्रीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV