१७ आश्विन २०७५, बुधबार

कैलाली । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी सुदूरपश्चिमका सात ठाउँमा सुपथ मुल्य पसल सञ्चालनमा ल्याइएको छ । विगत वर्ष झैं साल्ट टे«डिङ कर्पोरेशनको क्षेत्रीय कार्यालयले सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।

धनगढी, टीकापुर, बेलौरी, महेन्द्रनगर, डडेल्धुरा, दिपायल र वैतडीमा सुपथ मुल्य पसल सञ्चालन भएका छन् । सरकारको निर्देशन अनुसार नुन र चिनीको विक्रि वितरणका लागि पसलहरु सञ्चालनमा ल्याइएको साल्ट टे«डिङका सहायक महाप्रबन्धक केशब प्रसाद पाण्डेयले बताए । सुपथ मूल्य पसलबाट प्रत्येकले ६ किलोको दरले १८ रुपैयाँ प्रतिकिलो नून र ७० रुपैयाँ प्रतिकिलो चिनी किन्न पाउने उनले बताए ।

विकट पहाडी जिल्ला दार्चुला, बझाङ्ग, बाजुरा र अछाममा भने यस बर्ष सुपथ मुल्य पसल सञ्चालनमा आएका छैनन् । ती जिल्लामा सरकारले वितरण गर्ने अनुदानको नूनको पर्याप्त मौज्दात रहेकोले पसल सञ्चालन नगरेको पाण्डेले बताए । चिनी भने जिल्ला प्रशासन कार्यालयमार्फत माग भई आएमा पठाउन सकिने उनको भनाई छ ।

नूनको मुल्य गत बर्षकै कायम रहे पनि चिनी भने गत बर्ष भन्दा सात रुपैयाँ सस्तोमा किन्न पाउने कर्पोरेशनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV