१७ आश्विन २०७५, बुधबार

सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएसँगै बातावरणीय प्रभाव मुल्याङ्कन गरिने विषयमा सत्तापक्ष र विपक्षीबीच कुरा नमिलेपछि संसद बैठक स्थगित भएको छ ।

गोदावरीमा राजधानी बनाउँदा त्यसले वातावरणलाई नकारात्मक असर पार्ने भन्दै प्रतिपक्षी दलले संसद बैठक अवरुद्ध गर्दै आएको छ । विवाद समाधानका लागि बातावरणीय प्रभाव मुल्यांकन गर्ने विषयमा छलफल सुरु भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनाएको छ । काग्रेसका ससदीय दलका नेता डा. रण बहादुर रावलले वातावरणीय प्रभाव मुल्यांकन गर्दा वातावरणमा असर पुग्ने देखिएमा गोदावरीमा राजधानी नबनाउने भन्ने विषयमा सत्तापक्ष पनि सहमति नजिक पुगेको बताए ।

राजधानीको विषयमै विवाद हुदा आज दुई पटक बोलाईएकोे ससद बैठक स्थगित भएको थियो । बातावरणीय प्रभाव मुल्याङकन गर्ने विषयमा आजै पुनः छलफल गरेर टुङग्याईने रावलले बताए ।

यता, सत्ता पक्षले पनि राजधानीको विषयमा प्रतिपक्षीलाई मनाउन लागिएका कारण ससद बैठक स्थगित गरिएको बताएको छ । आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले राजधानीबारे प्रतिपक्षीलाई मनाउनका लागि छलफल भईरहेको बताए ।

प्रदेशको राजधानी गोदाबरी पारित भएसँगै यसले सुदूरपश्चिममा चरम विवाद निम्त्याएको छ ।

LIVE TV