१७ आश्विन २०७५, बुधबार

 काठमाडौं । दिउँसोको समयमा उपत्यकाभित्र गुडाउन निषेध लगाइएको ट्रकलाई प्रधानमन्त्रीको निजी सचिवालयले गुडाउन पाउने अनुमति दिएको छ । बालुवाटारस्थित सरकारी निवास सिंगार्नका लागि प्रधानमन्त्रीको कार्यालयले केही कम्पनीका ट्रकलाई काठमाडौँको सडकमा दिउँसो गुड्ने अनुमति दिएको हो ।

प्रधानमन्त्रीको निजी सचिवालयले असोज ११ गते एक पत्र जारी गरि असोज १७ गतेसम्मका लागि चारवटा  ट्रकलाई दिउँसोको समयमा पनि टिपरलाई गुडाउन पाउने अनुमति दिएको थियो   ।  प्रधानमन्त्रीको निजी सचिवालयले बा ३ ख ३६६४ , बा २ क ७१२१, बा २ क २५६३ र बा २ क ३७६९ नम्बरको ट्रकहरुलाई अनुमति दिर्को थियो ।

केहि ट्रकलाई दिउसो गुड्न अनुमति दिएपछि अन्य ब्यबसायीहरु आक्रोसित भएका छन् । ‘सरकार आफैँ दिउँसो टिप्पर चल्न रोक्ने अनि अनि आफैँ केहीलाई मात्र अनुमति दिने ? यो सिन्डिकेट होइन र ?,’ बाग्मती टिप्पर व्यवसायी संघका अध्यक्ष शेरबहादुर कुँवर भन्छन् ‘उपत्यकामा सरकारी कार्यालयलाई मात्र सामान ढुवानी नहुँदा समस्या परेको हो र सर्वसाधारणलाई चाहिँ छैन ।’

गृहमन्त्रालयले उपत्यकामा साउन १ गतेदेखि विहान ५ बजेबाट बेलुकी आठ बजेसम्म  ट्रक र टिपरलाई आवागमनमा रोक लगाएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV