१७ आश्विन २०७५, बुधबार

बारा । तोकिएकै मितिमा पथलैया–वीरगन्ज औद्योगिक करिडोर ६ लेन सडक नबन्ने पक्क भएको छ । ब्यापारिक मार्गमा सहभागी निर्माण कम्पनी पप्पु कन्ट्रक्सन बेपत्ता हुँदा तोकिएकै समयमा निर्माण सम्पन्न नहुने भएको हो ।

योजनाको ठूलो जिम्मेवारी पाएको पप्पु कन्ट्रक्सनले योजनालाई नै बेवास्ता गरी बेपत्ता बनेपछि तोकिएकै समयमा निर्माण सम्पन्न नहुने निश्चित बनेको छ । ब्यापारिक मार्गको ड्राइपोर्ट सडक खण्डको परबानीपुरदेखि ड्राइपोर्टसम्म २ खण्ड पप्पु कन्ट्रक्सनले निर्माण जिम्मेवारी पाएको परियोजनाले जनाएको छ ।

२ खण्डमध्ये करिब ८ किमि सडक पप्पु कन्ट्रक्सनले निर्माण जिम्मेवारी पाएको छ । सडक निर्माणको जिम्मेवारी पाएको पप्पु कन्ट्रक्सन यतिबेला निर्माणस्थलबाटै बेपत्ता बनेको छ । परियोजनाले पटकपटक सम्पर्क प्रयास गर्दा पनि सम्पर्क हुन नसकेपछि योजनाको एउटा खण्डको निर्माण प्रभावित बन्न पुगेको छ । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV