१७ आश्विन २०७५, बुधबार

काठमाडाैं। निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाण्डौं–तराई–मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने जिम्मा कोरियन कम्पनी सुसङ इन्जिनियरिङलाई दिइएको छ ।

आज सैन्य मुख्यालयमा आयोजित कार्यक्रममा फाष्ट ट्रयाक आयोजना प्रमुख प्राध्यापक उपरथी योगेन्द्र बहादुर खाँण र सुसङ इन्जिनियरिङ कम्पनी लिमिटेडका अध्यक्ष केयुन ह्वाङले डिपिआर बनाउने सम्झौतामा भएको हो ।

मूल्य अभिवृद्धि कर (भ्याट) सहित १० करोड १२ लाख ७८ हजार रुपैयाँको लागतमा डिपिआर बनाउने सम्झौता भएको छ । आगामी चार कात्तिकबाट काम सुरु गरेर एक सय ५ दिनमा डिपिआर तयार गर्ने सम्झौता दुई पक्षबीच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV