१७ आश्विन २०७५, बुधबार

ललितपुर । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आफूले प्रतिबद्धता गरेका विषयमा सिन्को समेत भाच्न नसकेपनि विदेश भ्रमणलाई भने तीब्रता दिइरहनुभएको छ ।

२०७४ जेठ ११ गते महानगरपालिकाको प्रमुखको पदभार ग्रहण गर्नुभएका महर्जनले अहिलेसम्म १० औं पटक विदेश भ्रमण गरिसक्नुभएको छ । उहा देशभरका ७ सय ५३ स्थानीय तहका जनप्रतिनिधिमध्ये सबैभन्दा बढी विदेश घुम्ने प्रमुखमा अग्रस्थानमा रहनु भएको छ ।

स्थानीय तहमा जनप्रतिनिधि आएको अनुभूत हुने गरी करिब डेढ वर्षको दौरानमा न्यूनतम कार्य नै गर्न नसकेको भन्दै सर्वसाधारण जनता मात्र नभई कर्मचारी, वडा कार्यपालिका सदस्य र वडाअध्यक्ष र सल्लाहकार समेतले असन्तुष्टि जनाउदै आएको बेला प्रमुख महर्जन गत आईतबार मंगोलियामा प्रथान गर्नुभएको हो । मंगोलियामा मंगलबार शुरु ११ औं क्षेत्रीय वातावरणीय दीगो यातायात एसिया मञ्चको सम्मेलनमा भाग लिन त्यसतर्फ जानुभएको महानगरपालिकाले जनाएको छ । उहां आउदो आईतबार उहा“ स्वेदश फर्किनुहुने भएको छ ।

महानगरपालिकाले यस पटक विज्ञप्ती नै प्रकाशित गरेर भ्रमणको बारे जानकारी गराएको छ । विज्ञप्तीमा आयोजक संस्थाबाटै भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने गरी सरकारको स्वीकृत लिएर त्यहा“ जानुभएको उल्लेख गरिएको छ ।‘

मलाई विदेश घुम्ने खासै रहर छैन । सम्बन्ध बढाउन र विकासमा सहयोगी हुने हिसाबले जान लागेको हु“ । विदेश गएको सकारात्मक प्रभाव महानगरपालिकाको काममा क्रमशः देखिने छ । प्रमुख महर्जनले विदेश जानुअघि नेपाल समाचारपत्रसंग भन्नुभयो– ‘विभिन्न देशबाट सहयोग दिन्छु भनेका छन । सहयोग आएपछि विदेश भ्रमणको औचित्य पुरा हुन्छ । ’’

प्रमुख महर्जनले गत वर्ष साउन १४ देखि भदौं १६ गते सम्म जापान, भदौं ५ देखि १७ गते कोरिया, कार्तिक २ देखि ६ गते श्रीलंका, असोज ५ देखि ११ गते थाईल्याण्ड, असोज २४ देखि ३० गते थाईल्याण्ड, पुस ३० देखि माघ ५ गते सम्म म्यानमार, माघ ८ देखि ११ गते जापान, फागुन १२ मा फेरी जापान र त्यसपछि चीन जानुभएको थियो । २ महिना अघि फेरी चीन भ्रमण जान खोज्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उहांलाई रोकेको थियो ।

लगातार ६ पटक विदेश भ्रमण गरिसक्दाको स्थितिमा विपक्षी दलका वडाध्यक्षहरुले ज्ञापनपत्र समेत बुझाएका थिए । त्यसपछि विदेश जा“दा प्रमुखले विपक्षी दलका वडाअध्यक्ष र कार्यपालिका सदस्य एक एक जना लिएर जाने गर्नु भएको थियो । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

 

LIVE TV