१६ आश्विन २०७५, मंगलवार

काठमाडौं, १६ असोज । न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज २८३ औं एपिसोड हो । आजको यस विशेष एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

आजको एपिसोडमा निम्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. मालपोतका कर्मचारीको भागाभागः कार्यालय प्रमुखसहित १३ जना पक्राउ, २ जना अझै फरार

काठमाडौं, १६ असोज । काठमाडौं बुढानिलकण्ठस्थित ४० आना किर्ते जग्गा पास प्रकरणमा चावहिल मालपोत कार्यालयका कार्यालय प्रमुखसहित १३ जना पक्राउ परेका छन्, भने २ जना अझै फरार रहेका छन् ।

ललितपुरका चन्दन कृष्ण कायस्थको बुढानिलकण्ठको ४० आना जग्गा नक्कली चन्दन कृष्ण कायस्थले उनकै नामको नागरिकता लालपुर्जा बनाई श्रेस्तामा समेत फोटो परिर्वतन गरि कृष्ण देवकोटा र धुव्र प्रसाद भट्राईलाई राजीनाम पास गरेका थिए ।

यो प्रकरण महानगरीय प्रहरी वृत गौशालालले अनुसन्धान गर्दा मालपोत कार्यालय प्रमुख कमलप्रसाद तिमल्सिनालाई नै पक्राउ गरेको छ ।

२. सेवग्राहीलाई सहयोगको सट्टा गाली गर्छन् साउदी दुतावासका कर्मचारी !

काठमाडौं । कञ्चनपुरका गोकर्ण नाथ ६ महिना अघि काठमाडौंको मोन्टेज म्यानपावरबाट १ लाख ४० हजार खर्चिएर होटलमा काम गर्ने सम्झौता गरेर साउदी अरेबिया पुगे । काम गरेर घरमा पैसा पाठाउने सपना बोकी साउदी पुगेका उनिहरुले ४५ दिनसम्म काम नपाई सडकमा अलपत्र परेपछि सहयोगका लागि सबैलाई गुहारे ।

हामीले यस पनि यसरी काम नपाएर अलपत्र परेका उनिहरुका विषयमा रिपोर्टिङ गरेका थियौं । उनिहरुले पठाएको भिडियो हामीले जस्ताको त्यस्तै प्रशारण गरेका थियो ।

हामीले यस विषयमा रिपोर्टिङ गरेपछि भने उक्त कम्पनिले होटलमा नभएपनि फोहर संकलनको काम दिएको थियो । तर फेरी कम्पनिले उनिहलाई काम नदिई अलपत्र पारेको छ ।

३. मिठाईमा कपडा चम्काउने केमिकल प्रयोग गर्ने पसलमा सिलबन्दी

काठमाडौं । काठमाडौंको नयाँ वानेश्वरमा रहेको ‘संगम स्वीट्स’को मिठाईमा अखाद्य वस्तु भेटिएपछि खाद्य प्रविधि तथा नियन्त्रण विभागले संगम स्वीट्सको गोदाम घरमा सिलबन्दी गरेको छ ।

अनुगमनमा गरेको विभागको टोलीले अखाद्य वस्तु बिक्री वितरण गरेको र उपभोक्ताको न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि सिलबन्दी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV