१६ आश्विन २०७५, मंगलवार

कंचनपुर । रौतहटमा जारी रौतहट प्रिमियर लिग खेल्न कंचनपुरको महाकाली क्रिकेट क्लबको १४ सदस्यीय टोली रौतहट प्रस्थान गरेको छ ।
मंगलबार कंचनपुरको सदरमुकाम महेन्द्रनगरमा रौतहट प्रिमियर लिग खेल्ने खेलाडीहरुलाई बिदाई गरिएको हो ।

टोलीलाई मंगलबार महाकाली स्पोर्ट्स सोसाइटीका अध्यक्ष सुमन भट्ट र उपाध्यक्ष सुरज भट्टले सयुक्त रुपमा बिदाई गरेका थिए ।
बिदाई समारोहलाई सम्बोधन गर्दै महाकाली स्पोर्ट्स सोसाइटीका अध्यक्षले सम्पुर्ण खेलाडीहरुलाई सफलताको शुभकामना दिएका थिए ।

साथै उनले ‘नेपाली क्रिकेटले पछिल्लो समय पाएको ऐतिहासिक सफलताको बयान गर्दै अब क्रिकेटमा पनि उज्ज्वल भबिष्य रहेका क्रिकेट खेलमा लगानी गर्न’ प्राइभेट कम्पनी, खेलकुद परिषद् र नेपाल सरकारलाई आग्रह गरेका थिए । वर्तमान समयमा लगाएको लगानीले भबिष्यमा राम्रो प्रतिफल दिने उनको तर्क थियो ।

महाकाली क्रिकेट क्लबको नेतृत्व अर्थात कप्तानी सुरेन्द्र चन्द बादशाले गर्नेछन् । महाकाली क्रिकेट क्लबको टोलीमा सौरभ खनाल, सुबेन्दु पाण्डे, अभिनाश बोहरा, अमर सिह रौटेला, नरेश बोहरा, विपिन धामी रहेका छन् ।

त्यसैगरी टोलीको अन्य खेलाडीहरुमा विकास आग्री, कैलाश ऐर, महेन्द्र ठगुन्ना, आशिष भट्ट, अविस्कार जोशी र आकाश चन्द रहेका छन् । साथै टिम म्यानेजरको रूपमा भिम रावल रहेका छन् । महाकाली क्रिकेट क्लबले आफ्नो पहिलो खेलका रुपमा नेपाल पुलिस क्लबको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV