१६ आश्विन २०७५, मंगलवार

काठमाडौं । कञ्चनपुरका गोकर्ण नाथ ६ महिना अघि काठमाडौंको मोन्टेज म्यानपावरबाट १ लाख ४० हजार खर्चिएर होटलमा काम गर्ने सम्झौता गरेर साउदी अरेबिया पुगे । काम गरेर घरमा पैसा पाठाउने सपना बोकी साउदी पुगेका उनिहरुले ४५ दिनसम्म काम नपाई सडकमा अलपत्र परेपछि सहयोगका लागि सबैलाई गुहारे ।

हामीले यस पनि यसरी काम नपाएर अलपत्र परेका उनिहरुका विषयमा रिपोर्टिङ गरेका थियौं । उनिहरुले पठाएको भिडियो हामीले जस्ताको त्यस्तै प्रशारण गरेका थियो ।

हामीले यस विषयमा रिपोर्टिङ गरेपछि भने उक्त कम्पनिले होटलमा नभएपनि फोहर संकलनको काम दिएको थियो । तर फेरी कम्पनिले उनिहलाई काम नदिई अलपत्र पारेको छ ।

दुखको कुरा त के भने सहयोगको याचना मागिरहेका उनिहरुलाई दुतावासका कर्मचारी गाली गर्दै फिर्ता पठाईरहेका छन् । उनिहरुको पासर्पोट कम्पनीले राखेपछि न अन्त काम गर्न जान पाए न त्यहाँ काम पाए न कम्पनीले दाम नै दिलायो । जसका कारण खान बस्नै समस्या भएपछि दुतावास धाउन थालेको २ महिना बढि भयो । यस अवधीमा उनले दुतावासका कर्मचारीबाट भोगेको दुव्र्यवहार कम्पनीले दिएको पीडा भन्दा ठुलो छ ।

उनलाई जेद्धा स्थित दुतावासको कार्यालयका कर्मचारी राजु कुँवरले उल्टो कम्पनीले जे काम लगाए पनि गर्न वा नेपाल फर्किने भए ९ हजार रियल तिर्न भन्दै यसरी धम्काए ।

सहयोगका लागि दुतावासको शरणमा पुगेका पीडितलाई यि कर्मचारी यसरीनै थर्काउन्छन् । र कुंवरले उनलाई दुतावासको कार्यालय भित्रै यसरी थर्काए ।

अहिले उनि सडकका मागेर गुजारा गरिरहेका छन् । नेपालस्थित मेनपावरालाई सम्पर्क गर्दा विदेश पुगिसकेपछि आँफुले केहि गर्न नसक्ने बताउँछ । दुतावासमा पुग्दा उल्टै कर्मचारीले धम्काउँछन् । अहिले गोर्कणसँग नेपाल फर्किने कुनै उपाय छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV