१६ आश्विन २०७५, मंगलवार

काठमाडौं, १६ असोज । काठमाडौं बुढानिलकण्ठस्थित ४० आना किर्ते जग्गा पास प्रकरणमा चावहिल मालपोत कार्यालयका कार्यालय प्रमुखसहित १३ जना पक्राउ परेका छन्, भने २ जना अझै फरार रहेका छन् ।

ललितपुरका चन्दन कृष्ण कायस्थको बुढानिलकण्ठको ४० आना जग्गा नक्कली चन्दन कृष्ण कायस्थले उनकै नामको नागरिकता लालपुर्जा बनाई श्रेस्तामा समेत फोटो परिर्वतन गरि कृष्ण देवकोटा र धुव्र प्रसाद भट्राईलाई राजीनाम पास गरेका थिए ।

यो प्रकरण महानगरीय प्रहरी वृत गौशालालले अनुसन्धान गर्दा मालपोत कार्यालय प्रमुख कमलप्रसाद तिमल्सिनालाई नै पक्राउ गरेको छ । हामीले लाइभ कार्यक्रममा तिमल्सिनासँग कुरा गर्दा आँफु कार्यालयमा भर्खरै आएको भन्दै कोही कर्मचारीको संलग्नाता भएको हुन सक्ने बताएका थिए ।

तर अहिले उनै कार्यालय प्रमुख तिमल्सिना पनि प्रहरी थुनामा छन् । उनिसँगै कर्मचारीहरु जमुना कुमारी श्रेष्ठ, खगेन्द्र प्रसाद अर्याल, रन्जन कुमार खरेल, रघुनाथ तिमल्सिना, चन्द्रबहादुर श्रेष्ठ, मुकुन्द धिताल, रमेश कुँवर प्रहरी थुनामा छन् । साथै कर्मचारी वाहेक जग्गा खरिद कर्ता धुव्र प्रसाद भट्राई, कृष्ण देवकोट, नक्कली जग्गा धनीका वारेस प्रदिप प्रसाद गौतम तथा किर्तेमा सहयोग गर्ने श्रीकृष्ण बडुवाल र सानोभाई श्रेष्ठ प्रहरी थुनामा छन् ।

यस बाहेक नक्कली जग्गा धनी बनेका व्यक्तिको सक्कली नाम समेत पहिचान भएको छैन भने मुख्य योजनाकार भनिएका गोविन्द केसी पनि फरार रहेका छन् । गिरोहले उक्त जग्गा बैंकमा धितो राखी पैसा लिएर वास्तविक जग्गा धनी र बैंक डुबाउने योजना रहेको बुझिएको छ । साथै उनिहरुले सक्कली चन्द्रकृष्ण कायस्थको नाममा नै मोवाइलको सिम कार्ड समेत निकालेका छन् ।

यस्तै सुनसरी मालपोत कार्यालयमा निधन भएको एक महिनापछि औँठा छाप लगाएर पास गरिएको जग्गाको बिषयमा बुझ्न खोज्दा मालपोत कार्यालय सुनसरीका प्रमुख हाम्रो सम्पर्कमा आउन चाहेनन् । साथै आँफु आउनु भन्दा पहिले वडा कार्यालयमा मृत्यु दर्ता भएकाले बुझ्ने बताएका वडा अध्यक्षले समेत हामीले बारम्बार फोन सम्पर्क गर्दा फोन उठाएनन् ।

जस कारण यो घटना झनै रहस्यम बनेको छ । धरान १० कि रनदेवी लिम्बु २०७० कात्तिक १० गते विपी कोइराला स्वास्थ्य विज्ञान प्र्रतिष्ठानमा निधन भएको थियो तर धरान १० को वडा कार्यालयमा भने, २०७० पुस ५ गते मृत्यु भएको उल्लेख गरिएको छ । र यहि अवधिमा मंसिर २८ गते सुनसरी मालपोत कार्यालयमा निधन भैसकेकी रनदेवी लिम्बुले आँैठा छाप लगाएर जग्गा पास गरेको रेर्कड देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV