१६ आश्विन २०७५, मंगलवार

‘मुक्तिको आन्दोलनमा होमिन’ आह्वान गर्दै तत्कालिन माओवादीले धेरै युवालाई सशस्त्र संघर्षमा सामेल ग¥यो । अधिकांशमा मुक्तिको लालसा रह्यो नै । सशस्त्र संघर्षले धेरै नेपाली मृत्युको मुखमा मात्र परेनन्, बाँचेका ‘लडाकु’को जीवन सकसमा परेको नेतृत्वले देख्नैछाड्यो ।

राज्यको नेतृत्वमा प्रवेश गरेका तत्कालिन माओवादी कमाण्डर र लडाकुबीच सिंहदरवारको पर्खाल तगारो बनेको छ । उनीहरु न नेतृत्वलाई पीडा सुनाउन सक्छन् न त घाउ देखाउन ।

LIVE TV