१६ आश्विन २०७५, मंगलवार

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ । मंगलबार कम्पनीहरुको रेटिङ गर्ने नेपालकै पहिलो कम्पनी इक्रा नेपालले आर्थिक पत्रकारहरुसंग क्रेडिट रेटिङको महत्व र यसको प्रयोगका विषयमा छलफल गरेको छ ।

विश्व लगानकिर्ता सप्ताहका अवसरमा नेपालको पहिलो क्रेडिट रेटिङ कम्पनीले आर्थिक पत्रकारहरुसंग अन्तक्रिया गरेको छ । नेपालमा क्रेडिट रेटिङको सुरुवात, आवस्यकताका र क्रेडिट रेटिङको वर्तमान अवस्थाका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा इक्रा नेपालले अहिलेसम्म २ सय २० वटा रेटिङ ग्रेडिङ गरेको जनाएको छ । इक्राले ऋण औजार रेटिङ, इक्वटी ग्रेडिङ, प्रथमिक निष्काशन, थप निष्काशन तथा हकप्रद निष्काशन र कोष व्यवस्थापन रेटिङ लगायतमा रेटिङ प्रदान गरेको जनाएको छ ।

कार्यक्रममा क्रेडिट रेटिङ र त्यसको ग्रेडिङ कसरी अध्ययन गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो । इक्राले कुनै पनि कम्पनी तथा इन्स्ट्रुमेन्टको रेटिङ गर्दा अन्तराष्ट्रिय स्तरको रेटिङ प्रकृया तथा तरिका अपनाएको छ । इक्र लि भारतबाट प्रविधिक सहयोग लिई नेपालमा कम्पनीहरुको रेटिङ गर्दै आएको छ । यसरी गरिने रेटिङ बाट कुनैपनि कम्पनीको वित्तिय स्थीति कस्तो छ भन्ने स्पस्ट हुने छ ।

LIVE TV