१६ आश्विन २०७५, मंगलवार
  • सन्तोष काफ्ले,

सुनसरी असोज १६ । धरान प्रहरीले भारीमात्रामा लागू औषध सहित ३ जनालाई पक्राउ गरेको छ । स्कुटीमा लुकाइ लागु औषध विक्री गर्न लैजाने क्रममा धरान ८ भोटेपुलवाट मगलबार ३ जनालाई प्रक्राउ गरिएको इलाका प्रहरी कार्यलय धरानले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धरान ८ का सुशील थापा र शुक्र लिम्बु तथा धरान ७ का सुजन मगर रहेका छन् । उनीहरुको साथवाट डाइलेक्स डी.सी. ८ वोटल, स्पास्मो प्रोक्सिवन १३ सय ६८ क्याप्सुल तथा को १७ प २२३३ नम्बरको स्कुटी बरामद गरिएको इलाका प्रहरी कार्यलय धरानका प्रमुख डिएसपी सुमन तिम्सिनाले जानकारी दिनुभयो ।

भारतको जोगवनीवाट विक्रिका लागि धरान ल्याउन लागेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिइएको डिएसपी तिम्सिनाको बताउनु भयो । त्यसै गरि सोमबार राति धरान ८ स्थित तीनकुने चेकपोष्टवाट टेम्पोमा लुकाई लागू औषध ल्याउदै गरेको अवस्थामा एकजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

धरान ८ को प्रकाश लामाले को १३ ह १६९ टेम्पोमा ल्याउदै गरेको डाइलेक्स डी.सी., ३ वोटल र स्पास्मो प्रोक्सिवन २१६ क्याप्सुल बरामद गरिएको धरान प्रहरीले जनाएको छ । पक्राउ परेको चारै जनालाई लागू औषध कारोबार ऐन अन्तर्गत कारबाही बढाइएको डिएसपी तिम्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV