१६ आश्विन २०७५, मंगलवार

कञ्चनपुर । १३ वर्षीया वालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन सरकार उदासिन बनेको भन्दै कञ्चनपुर बन्द गराइएको छ ।
सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै घटना रहस्यमय बनाइएको स्थानीयले आरोप लगाएका छन् ।

स्थानीय व्यापारी तथा यातायात सञ्चालकहरुले स्वतः स्फूर्त बन्द गराएपछि कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ । सरकारले वास्तविक दोषीलाई बचाउन प्रयास गरेको उनीहरुको आरोप छ ।

उच्चस्तरीय छानविन समितिले गृहमन्त्री रामवहादुर थापालाई प्रतिवेदन बुझाएको साता दिन वित्दा समेत प्रतिवेदन सार्वजनिक नहुनु दुखद् विषय भएको उनीहरुले बताएका छन् । वास्तविक हत्यारा पत्ता नलागेसम्म आन्दोलनका कार्यक्रमहरु यथावत रहने स्थानीयले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV