१६ आश्विन २०७५, मंगलवार

१६ असोज । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधासहितको नयाँ शोरुम ‘एन के मोटर्स’, चितवनको हाकिमचोकमा संचालनमा ल्याएको छ । एचएच बजाज आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने विशवास गरिएको छ ।

योगेन गुरुङ, हंशराजहुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका जेनेरल म्यनाजेरले व्यक्त गरेका छन् ‘नयाँ शोरुम संचालनमा भएको घोषणा गर्न पहुदा निकै खुुसी लागेको छ । ग्राहकहरुको बढ्दो मागका कारण एचएच बजाजलाई चितवनमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ ।’

नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरु लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ । नेपालमा सबैभन्दा अधिक विक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड मध्येको एक, हंशराजहुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड ,बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV