१६ आश्विन २०७५, मंगलवार
  • तारा आचार्य,

विराटनगर १६ असोज । एक नम्बर प्रदेशको राजधानी र नाम टुंगो लगाउने विषयमा विराटनगरमा जारी नेकपा संसदीय दलको बैठक लम्बिएको छ । राजधानी र नामाकरणको विषयमा सत्तारुढ दल भित्रै मतभेद बढेपछि सांसदहरुको राय सुझाव लिनको लागि बैठक बोलाइएको थियो । दुई दिनका लागि बोलाइएको बैठकमा ४५ जना सांसदहरुले आआफ्नो धारणा राखेका छन् ।

प्रदेश सभामा नेकपाको ६७ जना सांसद रहेका छन् । बैठक लम्बिएपछि बिहीवार पुनः बैठक बस्ने र पार्टी भित्र एकमत बनाईसकेपछि अन्य दलहरुसंग सहमति लिएर चालु अधिवेशनबाटै प्रदेशको नामाकरण र राजधानी टुङ्गो लगाइने एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।

९३ जना सांसद रहेको एक नम्बर प्रदेश सभामा नेकपाको ६७, नेपाली कांग्रेसको २१, संघीय समाजवादी फोरमको ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको एक एक जना सांसद रहेका छन् । प्रदेशको राजधानी र नामाकरणका सम्बन्धमा निर्णय गर्न १८ गते नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाइएको नेपाली कांग्रेसको एक नम्बर संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV