१६ आश्विन २०७५, मंगलवार

काठमाडौं । चर्चित गायिका मेलिना राई र युवा गायक जोसेफ शाही ठकुरीको स्वरमा रेकर्डिङ गरिएको ‘कर्के नजर’ बोलको गीत सार्वजनिक भएको छ । लोकपप फ्यूजन शैलीमा निर्मित रोमान्टिक गीतमा काले दाई, कान्छी मट्याङ–ट्याङ जस्ता दर्जनौ गीतमा संगीत भरिसकेका संगीतकार कोशिष क्षेत्रीले संगीत सिर्जना गरेका छन् ।

गीतमा वासुदेव नेपालले शब्द सिर्जना गरेका हुन् । एरेन्जर उदयराज पौडेलले संगीत संयोजन रहेको गीतलाई कृपा दृश्य स्टुडियोमा रेकर्ड गरिएको हो । गीतलाई उज्वल स्रेयन महतले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतमा सृष्टि खड्का र सुवास तिमल्सिनाले अभिनय गरेका छन् । पछिल्लो समय भिडियो सम्पादन भन्दा निर्देशनमा व्यस्त बनेका निशान घिमिरेले ‘कर्के नजर’को भिडियो निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV