१६ आश्विन २०७५, मंगलवार

काठमाडौं, १६ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने षडयन्त्रबारे सरकारलाई सचेत गराएको छ । विमानस्थल निर्माणका लागि विभिन्न बखेडा झिकिएको जनाउँदै षड्यन्त्रविरुद्ध काँग्रेसले सरकारलाई सचेत गराएको हो ।

विमानस्थल निर्माणका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढनुको विकल्प नरहेको समेत काँग्रेसको तर्क थियो ।

विमानस्थल अघि बढाउनका लागि सहज वातावरण बनाउन स्थलगत अवलोकन गर्न पनि सरकारलाई सुझाव दिएको छ । यस्तै, सत्तापक्षका सांसदले समेत महत्वाकांक्षी योजना पूरा गर्न सरकारले खुट्टा कमाउनु गलत भएको भन्दै विमानस्थल निर्माणसम्बन्धि विवाद तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

बैठकमा समितिकी सभापति दिलकुमारी रावलले दशैं र तिहारको बीचमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन गर्ने आश्वासन सांसदलाई दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV