१६ आश्विन २०७५, मंगलवार

काठमाडौं । गुणस्तरहीन मिठाई बिक्री गरेको पाइएपछि बानेश्वरको संगम स्विट्समा शिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र केही उपभोक्ताकर्मीको अनुगमन टोलीले आज उक्त मिठाई पसलमा शिल गरेको हो ।

अनुगमनका क्रममा सन् २०११ मा म्याद सकिएको ’कोकोनट पाउडर’ प्रयोग गरी बर्फी लगायत मिठाई बनाएको, ’हाइड्रो १’ केमिकल प्रयोग गरी दूध तथा रसबरी सेतो बनाउन प्रयोग भएको पाईएको थियो । मिठाई बनाउने कारखाना र बिक्री स्थल दुवैमा अर्को सूचना नभएसम्मका लागि शिल गरिएको हो ।

विभागले यस वर्ष अनुगमनको क्रममा उत्पादन केन्द्रको भौतिक अवस्था, कानुनी पक्ष र त्यसमा प्रयोग गर्ने प्रविधिमाथि पनि कडा निगरानी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV