१६ आश्विन २०७५, मंगलवार

एजेन्सी, १६ असोज । बलिउड अभिनेत्री कंगना रनौतको ड्रिम प्रोजेक्ट ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’को टिजर सार्वजनिक भइसकेको छ । दुई मिनेट लामो फिल्मको टिजरले सबैलाई उत्साहति बनाएको छ । अभिनेत्री कंगनाले पहिलो पटक यस्तो फिल्ममा काम गरेकी छन्, जहाँ उनको भुमिका वेष्ट छ ।

यो फिल्म आगामी जनावरी २५ तारिखबाट दर्शकमाझ रिलिजमा आउँदैछ । यस्ता छन् सार्वजनिक टिजरका विशेष कुराः

१. कंगना रानौतः अभिनेत्री कंगना रानौत पहिलो पटक झाँसीको रानीको भुमिकामा आउँदैछन् । यो फिल्मको टिजरका अनुसार अभिनेत्री कंगनाले धेरै मेहेनत गरेकी छन् । यसै फिल्मको लागि कंगनाले घोडा सवारीदेखि खतरनाक एक्शन सिनहरु आफैले गरेकी छन् ।

एकतर्फी कंगना बच्चाको आमा बनेर आफ्नो बच्चा जोगाउने कोशिस गरिरहेकी छन्, भने अर्कोतर्फ उनलाई धर्तीमाताको रक्षाको विभिन्न किसिमका बलिदान दिइरहेकी दृश्यलाई प्रस्तुत गरिएको छ ।

२. एक्शनः फिल्मको सार्वजनिक टिजरमा कंगनाले अंग्रेजहरुलाई लखेटिहरेकी दृश्यलाई देखाईएको छ । यो फिल्ममा दमधार एक्शन हुनेछ, जुन कुरा टिजरमा पनि देखाईएको छ ।

३. कस्ट्युमः यो फिल्ममा अभिनेत्री कंगनालाई परम्परागत भेषभुषामा प्रस्तुत गरिएको छ । कंगनालाई महलभित्र रातो साडीमा देखाईएको छ । यसका साथै कंगनाले विभिन्न प्रकारका परम्परागत ज्वेलरीहरु लगाएकी छन् ।

४. अमिताभ बच्चनको आवाजः यो फिल्मको कहानीमा बलिउडका महानायक अमिताभ बच्चनको आवाजबाट सुरु गरिएको छ । आफ्नो दमधार आवाजमा अमिताभले फिल्मको कहानीलाई शान्दार बनाएका छन् ।

५. डाइलगः फिल्मको सार्वजनिक टिजरमा कुनै डाइलग छैन, तर उद्घोष भने गुञ्जिईरहेको सुन्न सकिन्छ । रगतले लतपटिएको कंगनालाई झाँसीको रानीको अवतारमा नारा लगाईरहेको दृश्यलाई पनि देख्न सकिन्छ ।

यो फिल्म झाँसीको रानीको जीवनमा आधारित हो । फिल्मलाई राधा कृष्णले निर्देशन गरेका हुन् । फिल्ममा कंगना झाँसीको रानीको भुमिकामा देखिएकी छन् । यो फिल्ममा कंगनाका साथमा सुरेश ओबोराय, डेनी, अतुल कुलकर्णी, अंकिता लोखंडे लगाएतका कलाकारहरु मुख्य भुमिकामा छन् ।

 

 

LIVE TV