१६ आश्विन २०७५, मंगलवार

दिपायल। डोटीको बडीकेदार गाउँपालिका ३ की ७४ वर्षीया बृद्धा सोमबार (आज) बलात्कृत भएकी छन् । डोटी प्रहरीले दिएको जानकारी अनुसार आज बिहान पिडित बृद्धा आफ्नो घरबाट अर्को गाउँमा बसेका आफन्तको घरमा जाने क्रममा बलात्कृत भएकी हुन् ।

बोगटान गाउँपालिका १ सिमचौर पान्सा घर भएका करिब २२ वर्षीय एकेन्द्र धामीले उनलाई बलात्कार गरेका हुन् । धामीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा बाटोमा एक्लै हिँडिरहेको देखेपछि आफुले बलात्कार गरेको  स्वीकार गरेका हुन् ।

पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले एकेन्द्रलाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका थिए ।

अहिले बलात्कारको आरोप लागेका धामी प्रहरीकै नियन्त्रणमा छन् । उनीबिरुद्ध जवरजस्तीकरणी सम्बन्धी मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक ध्रुव बिष्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV