१६ आश्विन २०७५, मंगलवार

काठमाडौं । २०७२ सालको भूकम्पमा दुवै खुट्टा गुमाएका दैलेखका रमेश खत्री इण्डोनेशिया उडेका छन् । उनी अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगितामा सहभागिता जनाउनका लागि गत सोमबार इण्डोनेशिया उडेका हुन् ।

उनले इण्डोनेशियामा रहँदाको नेपालको तर्फबाट सहभागिता जनाउने छन् । नेपालमा गएको गोर्खा भुकम्पपछि उनका दुबै खुट्टाले साथ छोडेका छन् । दैलेखका रमेश भूकम्प जाँदा काठमाडौं एक गेष्ट हाउसमा कार्यरत थिए ।

तर भूकम्पपछि भने उनको जिवन फेरिएको छ । भूकम्पले दुबै खुट्टा खाएपनि उनि देश विदेशमा हुने प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् ।

उनि अहिले काठमाडौंमा रहेको एक गैर सरकारी सस्थाको आरक्षणमा रहेका छन् । दुबै खुट्टा नभएर पनि उनी निकै कुशलतापुर्वक पौडिन सक्छन् । उनले पौडिएर निकै उपाधी पनि हात पारिसकेका छन् । अब उनको उदेश्य इण्डोनेशियामा हुने पौडी प्रतियोगितामा नेपाललाई पदक जिताउने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV