१६ आश्विन २०७५, मंगलवार

कसैले कसैको लागि गरेको सेवा मनपरेमा खुसी भएर दिइने रकमलाई टिप्स् भनिन्छ । नेपालमा टिप्स् दिने शैली कमै देखिएपनि युरोपियन मुलुक र अमेरिका जस्ता देशमा टिप्स् लगभग अनिवार्य नै छ । तर, दक्षिण एसियाली देश जापानमा भने टिप्स् दिनु राम्रो मानिँदैन । विश्वका धेरै मुलुममा टिप दिनु सामान्य विषय हो ।

अमेरिका, युरोपलगायतका देशमा त यदि तपाई कुनै रेष्टुरेन्टमा खान जानु भयो भने टिप्स् दिनैपर्छ । टिप्स् नदिने व्यक्तिलाई रेष्टुरेन्टमा कसैले पनि रुचाउँदैनन् । त्यति मात्र नभई टिप्स् नदिने मान्छेको खराब र घमण्डी मान्ने गर्दछन् ।

तर, जापान यि मुलुकको तुलनामा फरक छ । जापानमा टिप्स् दिनु र लिनु दुवै गलत जत्तिकै मानिन्छ । कुनै व्यक्तिले रेष्टुरेन्टमा कामदारको सेवा मन परेको खण्डमा टिप्स् दिइएमा दिने व्यक्तिले अर्को व्यक्तिलाई होच्याएको जापानी बुझने गर्छन् । वेटर, ड्राइभर वा अन्य कामदारहरु टिप्स् लिन मनपराउँदैनन् । त्यति मात्र नभई टिप्स् दिने ग्राहकलाई पुनः रेष्टुरेन्टमा आउन नदिन मालिकसँग कुरा पनि गर्ने गर्छन् ।

टिप्स् नलिनुको मुख्य कारण भनेको आफूले गरेको श्रमको उचित मूल्य कम्पनीले मात्रै गर्ने जापानीहरु बताउने गर्दछन् । यदि तपाई जापान जाँदै हुनुहन्छ भने टिप्स् सकेसम्म नदिनुहोस् है ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV