१६ आश्विन २०७५, मंगलवार
  • भुपेन्द्र भण्डारी,

काठमाडौं, १६ असोज । दुई महिना भित्र मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने हतारो गर्दा ठेकेदारहरुको गल्तीले काठमाडौंको बौद्ध स्थित रामहिटी, रामनगर क्षेत्रवासी मारमा परेका छन् । बौद्ध क्षेत्रमा भने ठेकेदारको लापरवाहीका कारण स्थानीय बासिन्दाले सास्ती व्यहोर्नुपरेको छ ।

सोमबार राति अकस्मात घरमा पानी पसेपछि बौद्ध रामहिटी, रामनगर क्षेत्रका स्थानीय बासिन्दा प्रभावित भएका छन् । वर्षा मौसममा पनि पानीको असर कारण यस क्षेत्रमा ढलको गन्हाउने पानी घरभित्रै छिरेपछि स्थानीयबासी आक्रोशित बनेका छन् ।

यस क्षेत्रमा मेलम्चीको पानीका लागि पाइप विछ्याउने क्रममा ढलको पाइप फुट्न पुग्यो । गएराति मेलम्ची खानेपानीको पाइपबाट ढलसहितको पानीको भेल रामनगर क्षेत्रको बस्तीभित्र पसेपछि सो क्षेत्रका स्थानीयबासी आक्रोसित हुँदै सडकमा निस्केका थिए ।

ठेकेदार कम्पनी समस्या समाधानको सट्टा कामै छाडेर भागे । अव्यवस्थित काम गरेर जनतालाई सास्ती पु¥याउने ठेकेदारका निर्माण सामग्रीमा स्थानीयले तोडफोडसमेत गरे । पाइप फुटेर आएको दुर्गन्धित ढल यस क्षेत्रका दजर्नाैं घरहरुमा पानी पसेको थियो ।

व्यस्त क्षेत्रमा भएको मेलम्चीकाे पाइप फुटेपछि रामहिटी रामनगर क्षेत्रका दर्जनौं घरहरुका साथै कैलाशबोधी स्कुल, छिमेकी मार्ट र एनसीसी बैकको भवन र त्यस क्षेत्रको स्थानीयवासीको निजी घरहरु प्रभावित भएको छ । कपनको फैका क्षेत्रसम्म दुर्गन्धीत पानीका कारण वातावरणमा समेत प्रतिकुल असर परेको स्थानीयवासीको गुनासो रहेको छ ।

स्थानीयको आक्रोशले तोडफोडकै रुप लिएपछि बौद्ध र कपनबाट पुगेको प्रहरी टोलीले घटना साम्य बनाउने प्रयास गरेको थियो । निर्माण कम्पनी आज दिउँसो सम्म पनि सम्पर्कमा नआउँदा समस्या झन थपिएको छ । रामहिटीको कैलाशबोधी स्कुल अगाडि सिमलटार र आरुबारी खण्डमा ठेकेदारले काम गर्दा गदैृ डोजर र निर्माण सामग्री सडकमै अलपत्र छाडेपछि सो क्षेत्रको आवगमन समेत प्रभावित भएपछि स्थानीयवासी आक्रोशित बनेका छन् ।

महानगरिय प्रहरी बृत्त बौद्धका प्रमुख डिएसपी श्याम राईका अनुसार मेलम्ची खाने पानी परियोजना र ठेकेदार कम्पनी रमन कन्स्ट्रक्शनले अहिलेसम्म घटनाको जिम्मेवारी नलिएको बताए । गएराति अबेरसम्म प्रहरीले तत्काल घटनास्थलमा पुगेर सुरक्षा दिँदा पनि ठेकेदार कम्पनीले कुनै चासो नदेखाएको डिएसपी राईले न्युज २४ लाई बताएका छन् ।

वडा नम्बर ६ का वडा सदस्य भगवान थापाले निर्माण कम्पनीको लापर्वाहीका कारण हुन पुगेको क्षतिको जिम्मेवारी मेलम्ची परियोजना र ठेकेदार कम्पनीले लिनुपर्ने बताएका छन् । थापाले पीडितहरुलाई उचित क्षतिपूर्ती दिलाउन आफुले पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

सो क्षेत्रका स्थानीयबासीहरुले मेलम्ची र निर्माण कम्पनीले यो घटनाको जिम्मेवारी लिएर पीडितलाई उचित क्षतिपूर्ती नदिएसम्म आफुहरु सडकमा आउन बाध्य हुने बताएका छन् । गएरातिको घटनालाई लिएर वडा नम्बर ६ बौद्धकाे पहलमा मेलम्ची खानेपानी परियोजना र ठेकेदार कम्पनी, कपन प्रहरी र सिमलटार टोल सुधार समितीको उपभोक्ता प्रतिनीधि र सो क्षेत्रका स्थानीयबासीको पहलमा समन्वयमा दुवैपक्षबीच सहमतीको पहल भइरहेको छ ।

यसअघि पनि विभिन्न ठाउँहरुमा मेलम्ची खानेपानीको पाइपबाट ढल, मलमुत्र बगेपछि स्थानीयबासीहरु आक्रोशित बन्दै आएका छन् । मेलम्ची परियोजनाले यस अघिपनि कपन फैका, रानगर सिमलटार क्षेत्रमा पाइप विछ्याउने क्रममा लामो समयदेखि अलपत्र छाडेपछि सिमलटारको आरुबारी पुग्ने सडक महिनौ देखि अवरुद्ध छ । सिमलटारको महामृत्युन्जय महादेव मन्दिर जाने सडक खण्ड पनि महिनौ देखि प्रभावित भएको थियो ।

मेलम्ची खानेपानी परियोजना र ठेकेदार कम्पनीको लापर्वाहीका कारण महिनौं देखि सिमलटार क्षेत्रको सडक अलपत्र छाडेको हुँदा सो क्षेत्रमा सञ्चालनमा रहेको सार्वजनिक यातायात बन्द हुँदा त्यहाँका स्थानीयबासीहरु यातायात सेवाबाट बञ्चित हुनुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV