१६ आश्विन २०७५, मंगलवार

काठमाडाैं। सरकारले चिनी उद्योगीलाई किसानबाट किनेको उखुको रकम तत्काल तिर्न निर्देशन दिएको छ ।

आयात रोकेर चिनी बिक्री हुने वातावरण मिलाइदिँदा समेत भुक्तानीमा अलमल गरेपछि सरकारले चिनी उद्योगीलाई किसानलाई रकम दिन निर्देशन दिएको हो । आयातित चिनीका कारण उत्पादित चिनी नबिकेको भन्दै उद्योगीले सरकारलाई आयातको कोटा तोक्न बाध्य पारेका थिए । उद्योगीको चर्को दबाबपछि सरकारले गत ३१ भदौमा चिनी आयातमा परिमाणात्मक बन्देज लगाउने निर्णय गरेको थियो ।

किसानको भुक्तानी रोकेको भन्दै सोमबारको सार्वजनिक लेखा समितिको बैठकमा समेत आलोचना भएपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगीसँग बैठक राखेको थियो । हाल चिनी उद्योगीले उखु किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता करिब ३ अर्ब रुपैयाँ छ । यो रकम करिब दुई वर्षअघिदेखि किसानले चिनी उद्योगीलाई बेचेको उखुको मूल्य हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV