१६ आश्विन २०७५, मंगलवार

काठमाडाैं। मेलम्ची खानेपानी परियोजनाको पाइप बिछ्याउने क्रममा लापरबाही भएको र ढल घरघरमा पुगेको भन्दै बौद्धका बासिन्दा आक्रोसित भएका छन् ।

हिजो बौद्ध रामहिटी सिमलटारस्थित कैलाश बोर्डिङ स्कुलको चोकमा मेलम्ची खानेपानीको पाइप बिछ्याउँदा ढल फुटेपछि त्यस क्षेत्र दुर्गन्धित हुनुका साथै घरघरमा ढलको पानी पसेको थियो । स्थानीय बासिन्दाले बिरोध गरेपछि ठेकेदार कम्पनी पवन कन्स्ट्रक्सनका कामदारहरु काम छाडेर भागेका थिए ।

स्थानीय बासिन्दाले पाइप विछ्याउन प्रयोग भएको डोजर र स्काभेटर तोडफोडको प्रयास गरेका थिए । तर, बौद्ध र कमनबाट खटिएको प्रहरी टोलीले स्थानीयलाई साम्य पारेको थियो । अहिले पनि ढलको व्यवस्थापन भएको छैन भने स्थानीयबासी आक्रोशित छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV