१६ आश्विन २०७५, मंगलवार

काठमाडौं । ग्लोबल आइएमई बैंक लि. र पाटन प्याथ ल्याबबीच स्वास्थ्य परिक्षण तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकले ल्याबसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय परिक्षणमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ ।सम्झौतापत्रमा पाटन प्याथ ल्याबका अक्ष्यक्ष रेशम भट्टराई र बैंकका कार्ड बिक्री तथा बजार व्यवस्थापन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि पाटन प्याथ ल्याबमा परिक्षण गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा कर्मचारीले ल्याबले प्रदान गर्ने विभिन्न सेवामा ३५ प्रतिशत छुट पाउने छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV