१६ आश्विन २०७५, मंगलवार

काठमाडाैँ । व्यापार नीतिमा कडाइ गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलार्इ समेत ठीक ल्याएर छाेड्ने बताएका छन् । भारतलाई व्यंग्यस्वरुप ‘ट्यारिफ किङ्ग’ अर्थात् विदेशी आयातमा चर्को कर लगाउने देशको संज्ञा दिँदै ट्रम्पले भारतीय अधिकारीहरू उनलाई खुशी पार्न चाँडै व्यापार वार्ता गर्न इच्छुक रहेकाे समेत बताए।

तर उनको याे भनाइबारे दिल्लीले अाैपचारिक प्रतिक्रिया भने जनाइसकेको छैन। आफूले पनि भारत तुरुन्तै अमेरिकासँग वार्ता गरोस् भन्ने चाहेको ट्रम्पले बताएका छन्।

उनले अमेरिकी मोटरसाइकल हार्ले डेविडसनको उदाहरण दिँदै भारतले तिनको आयातमा शतप्रतिशत कर लगाएकोबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गर्दा यसअघि कुनै अमेरिकीले यसबारे कुरा नगरेको जनाएको बताए।

साथै तिनको आयात कर कम गर्न वाचा समेत गरेको ट्रम्पले बताए। सो कुराकानीपछि भारतले सो मोटरसाइकलमा लगाइएको कर केही कम गरे पनि त्यो पर्याप्त नभएको उनले टिप्पणी गरे।

Image result for india america trade war

अमेरिकी उत्पादनहरूमाथि भारतले ज्यादा आयात शुल्क लगाएको गुनासो गर्दै अाएका ट्रम्पले अमेरिका भित्रिने भारतीय उत्पादनमा पनि चर्को आयात शुल्क लगाउने धम्की दिएका छन्। केही दिनयता मात्रै ट्रम्पले भारतमाथि ‘ट्यारिफ किङ्ग’ काे आरोप दुई पटक लगाइसकेका छन् । (बिबिसीबाट)

प्रतिक्रिया दिनुहोस्

LIVE TV