१५ आश्विन २०७५, सोमबार

काठमाडौं । जर्जियामा जारी ४३औं चेस ओलम्पियाडमा पुरुष टोलीले अर्को जित हात पारेको छ । आइतबार राती खेलिएको छैटौं चरणको खेलमा नेपालले श्रीलंकालाई २.५/१.५ अंकले हरायो । छैटौं चरणको जितसँगै नेपालले कूल आठ अंक बनाएको छ ।

नेपाला लगि रिजेन्द्रराज भण्डारीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बरियतामा एकसय १८औं स्थानमा रहेको नेपालले एकसय १५औं बरियताको श्रीलंकाथि जित निकाल्दा रिजेन्द्र र नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले विजयी भए ।

रिजेन्द्रले लसुरा अलाहाकनलाई पराजित गरे । मदनल निपुन पियुमन्थालाएई हराए । रिजेन्द्रले ३६ औ चालमा लसुरा लाई निरास बनाएका थिए । अर्को खेलमा विवेक थिङले जीएमएच तिलकरत्नेसँग बराबरी खेले भने रुपेश जैसवाल सन्जुला मिनुलसँग पराजि भएका थिए । सातौं चरणमा नेपालले आफुभन्दा धेरै बलियो प्रतिद्वन्द्वी इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी महिलातर्फ छैटौं चरणको खेलमा नेपालले प्यालेस्टाइनसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको छ । महिलामा त्यति जम्न नसकेको नेपालका लागि छैटौं चरणमा मोनालिसा खम्बु र सुजना लोहनीले जित निकाले । सिन्दिरा जोशी र खुश्बु थापा पराजित भए । सातौं चरणको खेलमा नेपाली महिला टोलीले आफुभन्दा बलियो टोली सुरिनामसँग प्रतिस्पर्धा गर्नेछ

LIVE TV